हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा द ल्याभेण्डर स्टुडियोको शुभारम्भ भएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बिपना थापाले उक्त स्टुडियोको उद्घाटन गरी शुभारम्भ गरेकी थिइन् ।
विवाहपछि भारतमा रहदैं आएकी थापाले हेटौंडामा आएर उक्त स्टुडियोको उद्घाटन गरेकी हुन् । भारत बस्दा आफुले प्रयोग गरिदैं आएको ड्रेसको डिजाइनर प्रियंका बलामीले सञ्चालनमा ल्याएको यस बुटिक स्टुडियोको उद्घाटन गर्न आएको थापाले बताइन् । उनले आफुले प्रयोग भएका सबै ड्रेसहरु बलामी बहिनीले बनाएको लगाइ रहेको र हामी उता सँगै बसोबास गरेकोले पनि उनको व्यवसायमा थप उर्जा मिलोस भनी आफु हेटौंडा आएको बताइन् ।
हेटौंडामा पहिलो पटक यस्तो बुटिक स्टुडियो सञ्चालनमा आएको भन्दै थापाले एकचोटी दिदीबहिनीहरुले अवलोकन गरिदिन आग्रह समेत गरेकी छिन् । ७ वर्ष भारतमा ड्रेस डिजाइनर काम गर्दै आएकी हेटौंडाकी बलामीले हेटौंडा ४ हुप्राचौर खेलकुद विकास समिति अगाडी अर्डर अनुसार साडी, कर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइने सञ्चालक प्रियंका बलामीले बताइन् ।सिकेको सीपलाई आफ्नै ठाउँमा दिदीबहिनीलाई सहज र नयाँ ड्रेस डिजाइन प्रयोग गर्न पाउनेछ भन्ने लागेर २५ लाख लगानीमा बुटिक स्टुडियो सञ्चालनमा ल्याएको उनले बताइन् ।
शुभारम्भदेखी एक महिना सम्म सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था समेत रहेको उनले बताइन् । अर्डर अनुसार हामीले लेडिज तथा जेन्सका कपडा विक्री गरिने उनले बताइन् ।












प्रतिक्रिया दिनुहोस्