हेटौंडा । सुख्खायाममा लाग्ने डढेलोलाई नियन्त्रण गर्न हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामाग्री प्रदान गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाण्डौंले वन समूहलाई विभिन्न प्रकारका डढेलो नियन्त्रण सामाग्रीहरु प्रदान गरेको हो ।
समूहलाई प्राधिकरणले वनमा जादा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट प्रदान गरेको हो । यसैगरि टचलाईट, औषधि, प्याक पम्प, फेस मास्क लगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको शाखा अधिकृत गंगा सुवेदी भट्टराईले जानकारी दिए । प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामाग्री प्रदान गरेको छ ।
समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वर्षेनी लाग्ने डढेलोले वनको नोक्सान हुदै गएको छ । यस्ता सामाग्रीले वनमा लाग्ने डढेलो नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने वन समूहले जनाएको छ ।

२०५७ सालमा सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कारबाट सम्मानित यस समूहले जिल्ला स्तरीय प्रथम पुरस्कार, वन्यजन्तु संरक्षण पुरस्कार, वनडढेलो नियन्त्रण लगायतका थुप्रै पुरस्कारहरु प्राप्त गरेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्