हेटौंडा । विद्यालय कर्मचारीको आन्दोलनमा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक बीरवंश बैठाले कर्मचारीको आन्दोलनप्रति समर्थन रहेको बताएका छन् । उनले अनिरुद्र खबर संग कुराकानी गर्दै विद्यालय कर्मचारीको आन्दोलनलाई सहयोग गर्ने बताएका हुन् ।
पर्याप्त संख्यामा कर्मचारी नभए विद्यालय नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न सम्भव नभएको उल्लेख गर्दै बैठाले भने, ‘कर्मचारीलाई उचित सेवा, सुविधा दिएर विद्यालयको शैक्षिक वातावरण तयार पार्न सरकार जिम्मेवार हुनुपर्छ । कर्मचारीको आन्दोलनमा शिक्षकले सहयोग गर्नुपर्छ । हाम्रो विद्यालयका शिक्षकले कर्मचारीको आन्दोलनलाई सहयोग गर्छ ।’
१२ कक्षासम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । आधुनिक माविमा ८ जना कर्मचारी छन् । सरकारले एकजना लेखापाल र एकजना कार्यालय सहयोगीका लागि तलब उपलब्ध गराए पनि विद्यालयको निजी स्रोतबाट थप ३ जना कार्यालय सहयोगी, २ जना सफाई कर्मचारी र एकजना सुरक्षागार्ड नियुक्त गरेको प्रधानाध्यापक बैठाले बताए ।












प्रतिक्रिया दिनुहोस्