हेटौंडा । हेटौंडा ४ मा रहेको जामे मस्जिदमा कब्रिस्थानको बारे विवाद हुँदा जामे मस्जिद समिति हेटौंडाका कोषाध्यक्ष मुस्ताफा अन्सारी माथि कुटपिट भएको छ । शुक्रबार नमाज पढ्ने क्रममा समितिका अध्यक्ष जावेद हुसेनले आफ्ना भनाई र कब्रिस्तानका विषयमा जानकारी गराउने क्रममा मस्जिदकै अर्को मसुहले हातपात तथा अभद्र व्यवहार गरेको आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।
शनिबार विहान मस्जिदमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हुसेनले आफु माथि आइलागे अनि कोषाध्यक्ष अन्सारीको मुखमा चोट लाग्ने गरी हातपात तथा कुटपिट गरेको जानकारी दिए ।
२०७८ पुस २४ गते भएको भेलाले आफुलाई अध्यक्षमा निर्वाचित गराउन सफल भएका सोही समूहले आज आएर छुट्टै उपभोक्ता समिति तथा उपसमिति गठन गरी मुस्लिम समुदायमा दुस्प्रचार गर्दै गरेको असामाजिक तथा अनैतिक क्रियाकलापमा सक्रिय रहेको भन्दै प्रशासनमा उक्त समिति विधान विपरित तयार भएको भनी ध्यानाकर्षण गराएका थियौं सोही कारण हामी माथि हातपात भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जामे मस्जिद मुस्लिम समुदायको एक धार्मिक स्थल रहेकाले समुदायमा खलल पुग्ने गरी पार्टीको आडमा आएका केही व्यक्तिहरुले अवैधानिक तरिकाले गठन गरेको समिति मुस्लिम समुदायको आधिकारिक समिति नभएको अध्यक्ष हुसेनले जानकारी गराएका छन् ।
बागमती प्रदेश सरकार, मुस्लिम आयोगबाट कब्रिस्तान संरक्षण र निर्माणका लागि करिब ४० देखी ४५ लाख बजेट आउने तयारीमा रहेकाले राजनीतिक आडमा एमाले निकट केही व्यक्तिहरुले भाद्र २१ गते अब्दुल्ला देवानको नेतृत्वमा उपभोक्ता समिति र उपसमिति गठन गरेको अध्यक्ष हुसेनले बताए । हेटौंडा ९ कर्रा स्थित गुम्बा नजिकै साढे अठार कठ्ठा क्षेत्रफलमा रहेको ऐलानी जग्गामा रहेको कब्रिस्थान संरक्षणका लागि पहिलो चरणमा मुख्य मन्त्री कार्यालयबाट १० लाख बिनियोजन भईसकेको अध्यक्ष हुसेनको भनाई छ ।
शुक्रबार मोहम्मद समिम मियाँ, अब्दुल्ला देवान सहितका समूहले हातपात र अभद्र व्यवहार गरेपछि समितिले प्रहरीमा जाहेरी दिएका छन् । जामे मस्जिद परिसरमा भएको घटना सिसी टिभी फुटेजमा देखिएको र आवश्यक कारबाही हुनुपर्ने समितिको माग रहेको छ । सम्मेलनमा पुर्व अध्यक्ष हाजी हेदायतुल्लाह (रुद्र ढकाल)ले बजेट आउन लागेकाले आर्थिक चलखेल गर्न पाइन्छ र पार्टीको दम्भ र आडमा उनीहरुले यस्तो क्रियाकलाप गर्न खोजेको आरोप लगाएका छन् ।
हेटौंडा ४ मा रहेको जामे मस्जिद २०१६ सालमा स्थापना भएको हो । मुस्लिम समुदायको अन्तिम संस्कार गर्नका लागि हेटौंडा ९ मा २०२२ सालदेखि कब्रिस्थानको उपयोग गरिदै आएको पुर्व अध्यक्ष ढकालले बताए ।












प्रतिक्रिया दिनुहोस्