हेटौंडा । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न हुने पर्व छठपर्वको तयारी बागमती प्रदेशको राजधानी हेटौँडामा पनि भव्य रूपमा भइरहेको छ ।

मिथिलाञ्चल क्षेत्रमा विशेष रूपमा मनाइने छठ केही वर्षयता हेटौँडामा पनि विशेष महत्वका साथ मनाउने गरिएको छ। हेटौँडाको राप्ती नदीतटमा छठको तयारीलाई तीव्रता दिइएको छ ।

छठ पूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले शनिबारसम्म सम्पूर्ण तयारी पूरा हुने जानकारी दिए ।

छठलाई भव्य रूपमा मनाउन हेटौँडा उपमहानगरपालिका– १ राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ । सूर्यको उपासनाको छठपर्व आजबाट सुरु भइसकेको छ ।