हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा आज हेटौंडामा भएको छ ।
कार्यक्रमको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले पत्रकारहरुको हकहितको लागि महासंघ लागिपरेको वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सिजना अर्याल, पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल, सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,समाजवादी प्रेस संगठनका उपमहासचिब रामकुमार एलन, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस नेपाल अध्यक्ष मनोज ढोडरी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी,वानका उपाध्याय उज्ज्वल चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ ।
पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार २०७८ बाट महासंघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका राममणी दाहाल र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष तथा राससकी अञ्जली थापालाई पुरस्कृत गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्