हेटौंडा । विशेषत मकवानपुर जिल्ला बन्यजन्तु बाघको उपयुक्त बासस्थान त होइन् । तर, जिल्लामा पछिल्लो १५/२० दिनदेखि बाघले आतङ्क मच्चाइरहेको छ ।
बाघले हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा स्थानीयको पशुचौपायामाथि आतङ्क मच्चाएको हो । मकवानपुरका पछिल्ला दुई हप्तामा बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको डिभिजन वन कार्यालय राप्ती, मनहरीका अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिएका छन् ।
बाघ गाउँगाउँ चार्दै, गाईबाख्रा मार्दै
गत कार्तिक १३ गते आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं.१ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नं.६ मा ७ वटा बाख्रा/खसी मारेको हो ।
गत कार्तिक १३ गते आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं.१ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नं.६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशिबाख्रा मारेको हो ।
हेटौंडाको भैरवडाँडा र मकवानपुरगढी–६ दुरी करिब १० किलोमिटर छ । आफ्नो शिकारको खोजीमा भैरवडाँडामै आएको बाघ मकवानपुरगढीमा पुगेको हुन सक्ने स्थानीयहरुको अनुमान छ । मकवानपुरगढीमा यसअघि पनि बाघले बाख्रा खाएको समाचार नआएको भने होइन ।
यति ठुलो सङ्ख्यामा क्षति पहिलो पटक भएको मकवानपुरगढी गाउँपालिका वडा नं.६ का वडाअध्यक्ष कृष्ण बजागाईंले बताए । क्षतिपुर्तिको लागि जिल्ला वन कार्यालयमा माग गरिएको उनले बताए ।
स्थानीय त्रसित
बाघले एकपछि आर्के स्थानमा पशुचौपाया मार्न थालेपछि मकवानवपुरका स्थानीयहरु त्रसित बनेका छन् । बाघको कारण स्थानीयहरु एक्लादुग्लै हिड्डुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको स्थानीय रामचन्द्र रेग्मी बताउँछन् ।
हेटौंडा उपमहानगर होस् या मकवानपुरगढी, जिल्लाभर बाँघलाई चाहिने आहारा सहितको उपयुक्त बासस्थान छैन । आहाराको लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।
बाघसंगै चितुवा पनि
भैरवडाँडा बाघले बाख्रा मार्यो भन्दै स्थानीयहरुले प्रशासनलाई जानकारी गराएपछि डिभिजन बन कार्यालय, राप्तीको पहलमा राष्ट्रिय प्रकृती संरक्षण कोषले चार वटा सिसि टिभी जडान गर्यो ।
त्यसको केही दिनपछि सिसि टिभीमा बाघसंगै चितुवाको पनि फुटेज प्राप्त भएको डिभिजन वन कार्यालय राप्तीका सहायक अधिकृत तामाङले जानकारी दिए । उनका अनुसार सिसिटिभी फुटेजमा एउटा बाघ र एउटा चितुवा देखिएको छ ।
त्यो बाघले मान्छेलाई आक्रमण गर्छ ?
आहारा नपाएपछि बाघले मान्छेलाई नै आफ्नो सिकार बनाएको समाचार आउने गरेको छ । तर, यता डिभिजन वन कार्यालय राप्तीका सहायक अधिकृत तामाङले मान्छेलाई आक्रमण गर्ने सम्भावन न्युन रहेको बताएका छन् ।
‘बाघले आफ्नो पशुचौपाय खान नपाएपछि मात्रै मान्छेलाई आक्रमण गर्ने हो, कुकुरलाई पनि आक्रमण गरेको देखिएन,’ उनले भने, ‘त्यस कारणले पनि मान्छेलाई आक्रमण गर्दैन भन्ने अनुमान हो, बाघको के भर ।’
बाघ नियन्त्रणमा लिनै सकस
मकवानपुरमा बाघले आंतङ्क मच्चाएको दुई हप्ता भन्दा बढी भइसकेको छ । तर, बाघलाई अझै पनि नियन्त्रणमा लिन सकेको छैन । राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वयमा डिभिजन वन कार्यालय राप्तीले पर्सा बन्यजन्तु आरक्षण र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक ल्याएपनि नियन्त्रणमा लिन नसकेको हो ।
यद्दपि बाघ नियन्त्रणमा लिने प्रयास जारी रहेको अधिकृत आचार्य बताउँछन् । बाघ नियन्त्रणमा लिनका लागि बार्दिया राष्ट्रिय निकुञ्जबाट दक्ष प्राविधिक झिकाउन पहल समेत भएको आचार्यले बताए । बाघ निगरानीको लागि भैरवडाँडा चार र मकवानपुरगढीमा दुई वटा क्यामरा जडान गरिएको समेत जानकारी दिए ।
क्षतिको विवरण संकलन प्रभावित
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । नेता चुनाव जित्ने होड र कर्मचारी चुनाव गराउने तयारीमा छन् । निर्वाचनको कारण देखाउँदै जिल्ला वनले क्षतिको मुल्याङ्कन नगर्दा क्षतिपुर्तिको प्रक्रिया समेत प्रभावित भएको छ ।
जिल्ला बन कार्यालय मकवानपुरका सहायक अधिकृत तथा सुचना अधिकारी दिपक अधिकारीले बाघको आक्रमणबाट भएको क्षतिको विवरण संकलन हुन बाँकी रहेको बताए । कर्मचारी निर्वाचनमा खटिएको कारण क्षतिको विवरण संकलन हुन नसकेको बताए ।
तस्वीरः समज फुयाल, समाचार साभारः प्रहर खबर












प्रतिक्रिया दिनुहोस्