हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध सहित हेटौंडाका एक युवालाई पक्राउ गरेको छ । ६० एम्पुल लागू औषध डाईजेपाम सहित हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का २४ बर्षिय सुमन लामालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंैडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाईन्ट सवारी साधन चेकजांच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ आउँंदै गरेको ना ५ ख १७५८ नं.को यात्रुबाहक बसमा सवार लामालाई शंका लागि चेकजाँच गर्ने क्रममा लागू औषध बरामद गरेको हो ।
लामाले लगाएको लङ कोटको खल्ती भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६० एम्पुल लागूऔषध बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्