हेटौंडा । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर आइतबार हेटौंडामा जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका मकवानपुरका अध्यक्ष ललित घलान, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिब सुनिल गौतम, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष यदु गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, प्रेस मन्च नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस सेन्टरका प्रदेस महासचिव ध्रुब अधिकारी लगाएतको उपस्तिथि रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्