हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको वन ब्यवस्थापन कार्य सकिएको छ ।
समूहको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापन कार्य गरिएको समूहले जनाएको छ । समूहले ब्लक नं. ४, ५ र ६ को करिव २० हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन, झाडीसुधार र पतल्याउने कार्य गरेको हो । यस कार्यबाट १ सय ३८ घरधुरी उपभोक्ताहरुलाई दाउरा वितरण गरिएको कार्यालय सचिव भीमसेन पौडेलले बताए ।
समूहका उपाध्यक्ष केशव धितालको संयोजकत्वमा ५ सदस्यीय वन ब्यवस्थापन उपसमित गठन गरी उक्त कार्य गरिएको समूहले जनाएको छ । वन ब्यवस्थापन गर्नाले वनको उत्पादकत्वमा वृद्धि हुने, उपभोक्ताहरुको दाउराको मागलाई पूरा गर्न सकिने, वनको सौन्दर्यतामा वृद्धि हुने र काठको लागि उपयुक्त रुख तैयार हुने सव डिभिजन वन कार्यालय, हेटौडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।
१ सय ३४ हेक्टर क्षेत्रफल रहेको यो सामुदायिक वनको घरधुरी ९ सय रहेको समूहले जनाएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्