File photo
File photo

हेटौंडा । हेटौंडामा बिद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ सरस्वती पाखा टोल स्थित रोशनी थिङको घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

थिङको ब्लक र जस्ताको छानो भएको एक तले कच्चि घरमा अचानक बिद्युत लाईन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछी स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, कपडा, फर्निचरहरु जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।