हेटौंडा । मकवानपुर होटल एशोसिएसनको १४ औं बार्षिक साधारण सभा शनिवार हेटौंडामा भएको छ ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुर होटल एशोसिएसनका अध्यक्ष दिलिश गोबिन्द जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एशोसिएसनलाई क्रियाशिल बनाइराख्न सहयोग गर्ने सस्थापकहरु शंकरलाल श्रेष्ठ र शालिकराम शर्मालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने एशोसिएसनको भवन निर्माणको लागि ५ कठ्ठा जमिन उपलव्ध गराएको भन्दै हेटौंडा उपमहानगरपालिकालाई कदर पत्र प्रदान गरिएको थियो ।

साधारणसभामा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, हेटौंडा उपमहानगरपालिका १० का अध्यक्ष फुर्वा लामा, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका सचिब हरी पन्त, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष वालगोपाल कँडेल, एशोसिएसनको उपाध्यक्ष धनबहादुर पौडेलले शुभकामना दिएका थिए ।