हेटौंडा । बोलेरोको ठक्करबाट घाइते भएका अनिल श्रेष्ठको मृत्यु भएको छ । आइतबार हेटौंडा–८, ओमनगरस्थित छाला फ्याक्ट्रीबाट ओमनगर गेट तर्फ जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले जित बहादुर सारु मगरको घर अगाडी पार्कीङ गरि राखेको बा.प्र.०३–००१ प ६२६५ नम्बरको स्कुटर र सोहि स्थानका उत्तम बहादुर श्रेष्ठको छोरा १४ वर्षीय अनिल श्रेष्ठलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट हात, खुट्टा र टाउकोमा चोटलागि गम्भिर घाइते भएका अनिललाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा अनिललाई सोमबार दिउँसो १२ बजेर ३० मिनेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।