हेटौंडा । समाजवादी प्रेस सङ्गठन, नेपालको महासचिवमा मकवानपुरका रामकुमार एलन विजयी भएका छन । जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा एलनले प्रतिस्पर्धी हृदय भुसाललाई ९ मतले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् । एलनले एक सय ३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भुसालले एक सय ३० मत प्राप्त गरेका थिए ।

विजयी भएपछि अनिरुद्र खबर संग कुराकानी गर्दै एलनले पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन पत्रकारितालाई व्यवसायिकता संग जोड्न पहल गर्ने बताए । उनले प्रविधियुक्त पत्रकारिता, स्थानीय स्तरका डिजिटल पत्रकारितालाई प्रतिस्पर्धी बनाउनमा जोड दिए । उनले साना लगानीमा स्वरोजगार हुन मिडियालाई बचाउन राज्यले नीतिगत रुपमै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

यसैगरी, खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।

उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी भए ।

यसैगरी, सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भए ।

त्यस्तै, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भए । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भए । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भए ।