हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले एक समारोहबीच कन्ट्रोल रुमको उद्घाटन गरेका हुन ।
प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको प्रहरीले जनाएको छ । सूचना प्रविधिको पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस् भन्ने उद्देश्यले नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरिएको एसपी गौतमले बताए । तीन थान फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा दिइने छ ।
स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा प्रहरी निरीक्षक राजु केसीले जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आर्चाय, प्रहरी निरीक्षक रामचन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्