हेटौंडा । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, हेटौंडा र जनकल्याण बचत तथा ऋण सहकारी संस्था, हेटौंडा–६ को संयुक्त आयोजनामा सञ्चालित ३ महिने (३९० घण्टा) सिलाई कटाई तालिम सकिएको छ ।
संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो । समापन कार्यक्रममा हेटौंडा –६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले महिलाहरुको आर्थिक विकासमा वडा कार्यालयले सहयोग गर्ने बताए । उनले भने ब्यवसाय शुरु गर्नुस परेका समस्याहरुको समाधान वडा कार्यालयले गर्छ ।
कार्यक्रममा तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरु श्रीदेवी सापकोटा, मुना राई र संगीता सञ्जेललाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, संस्थापक अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, कोषाध्यक्ष चेतनाथ खतिवडा, सल्लाहकार प्रल्हाद शर्मा आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।
सुशिला सुवेदीले सहजीकरण गरेको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्