हेटौंडा । मदनभण्डारी फाउण्डेसन मकवानपुरले जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई सम्मान गरेको छ । ७२ औं मदन जयन्तीको अवसरमा बिहिबार हेटौंडाको शहिद स्मारकमा रहेको स्वर्गिय मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै फाउण्डेसनका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीले विश्वलाईनै तहल्का मच्चाउनेगरी काम गरेको स्मरण गराए । उनले देशैभरी बिभिन्न कार्यक्रम गरेर स्व.भण्डारीकोे सम्झना गरिएको बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, बद्री लम्साल, श्रीधर पोख्ररेल लगायतकाको आतिथ्यता रहेको थियो । मदनभण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको सप्ताहब्यापी कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्