हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस हेटौैंडामा अध्ययनत प्रकाश गौतमले व्यवस्थापन सङ्कायको स्नातक तह (बिबिएस) मा नेपाल टप गर्न सफल भएका छन् ।

गौतमले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिबिएसको फाइनल परीक्षामा ७६.७५ प्रतिशत ल्याएर नेपाल टप भएका हुन् । उनले सामुदायिक क्यापसहरू मध्येबाट चार वर्षे व्यवस्थापन सङ्कायको स्नातक तहमा सर्वोउत्कृष्ट अङ्क प्राप्त गरी नेपाल प्रथम हुन सफल भएको क्याम्पस प्रमुख शंकर प्रसाद उपाध्यायले जानकारी दिए ।

नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा गौतमलाई सोमबार नगद पन्द्र हजार सहित सम्मान गरिएको छ । गौतमलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले गणेशमान पालिखे स्मृति कोषबाट नगद पुरस्कार सहित सम्मान गरेका हुन् ।