हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा ट्याक्टरले ठक्कर दिँदा मंगलबार एक वालिका गम्भीर घाईते भएकी छिन् । ट्याक्टरको ठक्करबाट हेटौंडा–१, चौकीटोल बस्ने कान्छीमाया घलानको छोरी ८ बर्षीय रिया मोक्तान गम्भीर घाईते भएकी हुन ।
उनको टाउकोमा चोट लागेको छ, उपचारको लागि सरकारी अस्पताल हेटौंडा अस्पताल पठाइएकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुर रिफर गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
मंगलवार हेटौंडा–१ तरकारी बजार नजिकै तरकारी बजारबाट चौकीटोल तर्फ आउँदै गरेको बा.प्र.–०३–००१त ०४९० नं.को ट्याक्टरले पैदल यात्री कान्छीमाया घलानको छोरी रिया मोक्तानलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
















प्रतिक्रिया दिनुहोस्