हेटौंडा । चीनमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगिताको अन्तिम खेलाडीको नामावली सार्वजनिक भएको छ ।
चीनको होङझावमा हुने प्रतियोगितामा १२ जना नेपाली खेलाडीको अन्तिम नामावली सार्वजनिक भएको हो । प्रतियोगितामा मकवानपुरबाट पनि एकजना खेलाडीले पनि स्थान पाएका छन् । प्रतियोगितामा राष्ट्रिय टोलीका मकवानपुरे प्रतिनिधि विक्रम भारतीले एसीयाली खेल खेल्ने भएका हुन् । हेटौंडा–९ निवासी भारती विगत केही वर्षबाट राष्ट्रि टोलीमा नियमित सदस्यको रुपमा रहेका छन् ।
मकवानपुरसहित विभिन्न जिल्लामा रग्बीको प्रशिक्षणमा सहभागि भएका भारती सहित १२ जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै एसियाली खेल खेल्न चीन जाने भएका छन् । अन्य खेलाडीहरुमा विवेश बशु, विक्रम पुरी, विराट श्रेष्ठ, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पूजन फेवाल, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्