हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले मंगलवारसम्म सडक विस्तार नहुने जनाएको छ ।
कार्यालयले सूचना जारी गरेको समय सीमा आजबाट सकिने भएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख राजेशकुमार यादबका अनुसार सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको हो । अदालतको आदेश अनुसार निर्णय गरेर अगाडि बढ्ने जनाए । उनले अदालतमा छलफलका लागि आइतबार काठमाडौं पुगेको जनाएका छन् । हेडम्बाबाट











प्रतिक्रिया दिनुहोस्