हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ कुन्छालमा शनिवार विहान साढे चारबजे कन्टेनर गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा कन्टेनर चालक नुवाकोट बेलकोट–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहामा वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.६ख ३९८७ नम्बरको कन्टेनर कुन्छालको मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा सवारी सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार कन्टेनर घट्नास्थलमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्