हेटौंडा । लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपापलिका–१२, भञ्जाङ बस्ने ६९ वषीय नाईके भन्ने धनमाँया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०६८ माघ १ गते मकवानपुरको साविक टिस्टुङ गाविस वडा नम्बर ६ मा बस्ने लामालाई भञ्जाङबाट पक्राउ गरेको उल्लेख छ । लामाले आफ्नो घर पछाडी बारीमा एकहजार ४ सय ४० किलो लागूऔषध गाँजा लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले फेला पारेको थियो ।
वारदात पश्चात फरारमा रहेकोमा लामाको खोजतलासको क्रममा सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्