हेटौंडा । हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको चौरमा हेटौंडामा साँस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको छ । स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनाका कार्यक्र हुन लागेको हो ।
कार्यक्रममा तिर्सना गुरुङको ब्याण्ड र ¥यापर जि–बबको साङ्गीतिक प्रस्तुती रहने छ । कार्यक्रम कार्तिक २० गते देखी २८ गते सम्म सञ्चालन हुने कार्यक्रम संयोजक किरण लामाले बताए ।
कार्यक्रममा २० गते गायक धिरज राई, २२ गते प्रिति आले, २३ गते तिर्सना गुरुङको व्याण्डले आफ्नो प्रस्तुती दिने संयोजक लामाले बताए । त्यस्तै, २४ गते लोक दोहोरी गायक रमेश प्रसाई र कल्पना दाहालको प्रस्तुती रहनुका साथै २५ गते गायिकाका ज्योति मगरको प्रस्तुती रहने जनाइएको छ । ¥यापर जिबबको प्रस्तुती भने २६ गते रहने संयोजक लामाले बताए ।
कार्यक्रममा द पनम व्याण्डका साथै स्थानीय व्याण्डहरुको पनि प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा जेष्ठ नागरिक र १० वर्ष मूनिका बालबालिकालाई निशुल्क रहने र अन्यलाई एक सय रुपैयाँ शुल्क लाग्ने आयोजक संस्थाका अध्यक्ष सुशील मल्लले बताए ।
तिर्सना गुरुङ र जिबबको प्रस्तुतीको दिन भने तीन सय ५० शुल्क लाग्ने र रमेश प्रसाई र कल्पना दाहाल आउने दिन भने एक सय ५० टिकट शुल्क लाग्ने अध्यक्ष मल्लले बताए । कार्यक्रममा २४ लाख खर्च हुने अनुमान रहेको आयोजकको रहेको छ । जिल्ला समन्वय समिति मकवानपुरका सदस्य वीरेन्द्र बहादुर जिम्बाको संरक्षणमा उक्त कार्यक्रम गरिन लागेको हो ।












प्रतिक्रिया दिनुहोस्