हेटाैडा । बागमती प्रदेश, लोक सेवा आयोगले एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा तथा समूहमा गरी एक हजार ११३ जना कर्मचारी माग गरिएको हो ।
विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ ।
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको आयोगद्वारा जारी गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।a












प्रतिक्रिया दिनुहोस्