हेटौँडा । लाेपाेन्मुख सालककाे उद्वार बिहीबार वनमा छाडिएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित सालक केजमा उद्वार गरिएको सालक छाडिएको हो ।
जेठ १६ गते राती ८ बजे हेटौंडा- ६ खड्कुलेका स्थानीय रामकृष्ण राईले बाटाेमा हिडिरहेको समयमा सालक फेला पारि समूहका कार्यालय सचिव भीमसेन पाैडेललाई बुझाउनु भएको थियो । सालकलाई बिहीबार हेटौंडा- ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पाैडेलकाे राेहवरमा सालक केजमा छाडिएको हाे ।
उद्वार गरिएको सालक करिव ३ केजी रहेकाे थियो । किसानकाे साथीकाे रुपमा रहेकाे सालककाे संरक्षण रानी सामुदायिक वन समूहले २०६२ सालदेखि गर्दै आएकाे समूहका अध्यक्ष विष्णुपादुका न्याैपानेले बताए ।
सालककाे संरक्षण र ब्यवस्थापन र यसकाे प्रचार प्रसारकाे लागि समूहले चाैघडा बजार र पिस पार्कमा सालककाे प्रतिमा निर्माण गरेकाे छ भने समूहकाे बलक नं ६ मा सालक केज समेत बनाएको छ । समूहकाे वनक्षेत्र भित्र ३ दर्जन भन्दा बढी सालक रहेकाे समूहले जनाएकाे छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने सिकार गर्ने खपटाकाे व्यापार गर्ने आेसारपसार गर्नेलाई १ लाखदेखि ५ लाख सम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी ब्यवस्था छ ।












प्रतिक्रिया दिनुहोस्