हेटौँडा । ५२ विश्व औं वातावरण दिवसको अवसरमा हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय हेटौँडा–१६ कि छात्रा रोजिना तिमल्सिना प्रथम भएकी छिन ।
जैविक विविधता संरक्षणमा सामुदायिक वन समूहको भूमिका र दायित्व विषयक वक्तृत्वकला प्रतियोगितामा भानु माध्यमिक विद्यालय गढी–३ कि छात्रा अप्सरा लम्साल द्वितीय र बुद्ध माध्यमिक विद्यालय हेटौँडा–१२ कि छात्रा रोजिना घलान तृतीय भएकी छिन ।
हेटौँडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा सुनिल शिवाकोटी, यदु कुमार घिमिरे र पूर्णभद्र चौलागाईँ निर्णायक रहेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य रामहरि चौलागाईँ , मकवानपुर अध्यक्ष साधुराम चौलागाईँ, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, समूहका उपाध्यक्ष केशव धिताल , सचिव नानी माया रुम्वा, प्रदिप ढुङ्गाना, कार्यसमिति, लेखा समिति, उपभोक्ता लगायतको सहभागिता थियो । प्रतियोगितामा विभिन्न ९ विद्यालयका १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्