हेटौँडा । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत असार ३ गते देखि १० गते सम्मको अवधिमा जङ्गली च्याउ खादा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा ८ जना सामान्य बिरामी भएका हुन । उनीहरूको चितवन स्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा ८ जनाको उपचार पश्चात डिस्चार्ज भएका छन ।
कैलाश गाउँपालिका वडा नं. ९ नामटारमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नामटारका ४ बर्षिय दिपेश लामाको मृत्यु भएको हो । बिरामी भई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको चितवन लगेकोमा आफू खुसी अस्पताल बाट घर ल्याउने क्रममा मृत्यु भएको हो ।
त्यस्तै कैलाश गाउँपालिका वडा नं. ९ मा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय २५ बर्षिया निरुमाया रुम्बाको जङ्गली च्याउ खाँदा बिरामी भई उपचारको गर्ने क्रममा मृत्यु भएको हो । असार ३ गते जङ्गली च्याउ खाई बिरामी हुनुभएका रुम्बाको असार ४ गते हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात चितवन लगिएकोमा असार ९ गते उपचार गराउन नसक्ने भनि हेटौँडा अस्पताल मकवानपुरमा ल्याई उपचार गर्ने क्रममा हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ गाउँपालिका वडा नं. ७ दुगुवाङ मा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन । स्थानीय बल बहादुर प्रजाले जङगलबाट ल्याएको जङ्गली च्याउ पकाएर खादा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागी भरतपुर सरकारी अस्पतालमा लगिएकोमा राक्सिराङ–७ दुगुवाङ बस्ने ५५ बर्षिय बल बहादुर प्रजाको उपचारको क्रममा मृत्यु भएको थियो ।
जङ्गली च्याउ खाँदा एकै परिवारका ४५ बर्षिया जालिमाया प्रजा, १५ बर्षिय रेन्जु प्रजा, ८ बर्षिया सविना प्रजा र १० बर्षिय सुशल प्रजा बिरामी भएका थिए । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अवस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट गिङ्गुका अनुसार सोमबार जङ्गलबाट ल्याएको च्याउ खादा राक्सिराङ गाउँपालिका वडा नं. ८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन । राक्सिराङ–८ बस्ने २१ बर्षिय भुवल प्रजा, २१ बर्षिय रतिमाँया प्रजा, ३ बर्षिय समिक प्रजा र पुर्ण प्रजा बिरामी भए । उनीहरूको सरकारी अस्पताल चितवन भरतपुरमा उपचार भइरहेको छ ।
जङ्गली च्याउ खादा मकवानपुरगढी गाउँपालिकाका ८ जना बिरामी हुनुभएको छ । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं. ६ सानुसल्ले र वडा नं. ५ कालीबनका ८ जनाले जङ्गली गोब्रे च्याउ खाई विरामी भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ५ कालीबन बस्ने ६ बर्षिय समिर थिङ, १२ बर्षिय सानुकान्छी भुलुन बिरामी भए । त्यस्तै मकवानपुरगढी–६ सानुसल्ले बस्ने ३२ बर्षिया सानु कान्छा पाख्रिन, २८ बर्षिय सुविता पाख्रिन, ५ बर्षिय शुसान्त पाख्रिन, ११ बर्षिय सोनिया पाख्रिन, ४६ बर्षिय श्याम पाख्रिन र ४३ बर्षिया एलिजा पाख्रिन बिरामी भए । उनीहरूको हेटौँडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भए ।












प्रतिक्रिया दिनुहोस्