हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ लाई मङ्सिर १४ गते बालमैत्री वडा घोषणा गरिने भएको छ । वडाले ४४ वटा सुचक सतप्रतिशत पुरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
निकृष्ट बालश्रम मुक्त, वालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो । वड़ा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक नरनाथ सुवेदीले “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ आगामी शुक्रबार १४ मंसिरमा वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिए ।
पत्रकार भेटघाटमा वडा अध्यक्ष सेवेदीले पूर्ण खोपयुक्त, पूर्व साक्षर, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको १९ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पुरा भएको बताए । ५१ वटा सूचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९८ प्रतिशत्, ३ वटा सूचक ९५ प्रतिशत र १ वटा सूचक ९० प्रतिशत, १ वटा सूचक ८५ प्रतिशत, १ वटा सूचक ८० प्रतिशतसम्म नतिजा हासिल भएकोले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
अधिकांश भागहरु ग्रामिणस्तरका रहेको वडामा घरधुरी तथ्याङ्ग संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३,३५० रहेको बताइएको छ । बालबालिकाको संख्या मध्ये १ हजार ७२७ बालक र १ हजार ६२३ बालिका रहेकोमा ४८.४४ प्रतिशत बालिका र ५१.५५ प्रतिशत बालक रहेका अध्यक्ष सुवेदीले जानकारी दिए ।
कार्यक्रममा सहायक महिला विकास निरिक्षक मिना देवकोटा, वडा सचिव दिपेन्द्र ढकाल, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य तथा स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम सम्पर्क व्यक्ति रमा गोले, महिला तथा बालबालिका शाखाका अधिकृत मन्दिरा थापालगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्