हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

समूहको ३२ औँ वार्षिकोत्सवको अवसरमा हेटौँडा–११ मा रहेको मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग गरेको हो ।

वन समूहका अध्यक्ष केशव धितालले मामाघर नेपालका वार्डेन नवीन सिलवाललाई तेल, पिठो, दाल, मसला, साबुन, मन्जन, बेसार, चिउरा, आलु, काउली, गोलभेडा लगायतका खाद्यान्न हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वन समूहका पदाधिकारी, सदस्य, कर्मचारी, मामाघर नेपालमा रहेका भान्जाहरुको उपस्थिति रहेको थियो ।

हाल मामाघर नेपालमा २२ जना भान्जाहरुले आश्रय लिएका छन् ।

भीमसेन पौडेल
थप जानकारी