Gold ingots isolated on white background

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला दुई हजार ३०० र चाँदीको मूल्य ६० रुपियाँघटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ रुपियाँकायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको थियो ।