हेटौंडा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ वडा कमिटीले सोमबार बिरोध प्रदर्शन गरेको हो ।

सोमबार साँझ हेटौंडा–९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेट सहित प्रदर्शन गरिएको थियो ।