हेटौंडा । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा बुधवार हेटौडाको राप्ती खोला सरसफाई गरिएको छ । राप्ती खोलामा जलचर संरक्षणको लागि सरसफाई गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा सरसफाई गरिएको हो । सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको महासंघ, मकवानपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत शिव सापकोटाको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा सरसफाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा हेटौडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, शसस्त्र वन सुरक्षा प्रमुख यादविन्द्र पौडेल, महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका उपभोक्ता, वनका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
सरसफाई अभियान जेठ १९ गते पनि सञ्चालन गरिने महासंघकी सहजकर्ता अन्जली थापाले बताईन । यस वर्षको विश्व वातावरण दिवसको नारा सबैको साझा पृथ्वी रहेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्