हेटौंडा । सामुदायिक वनले गरेका विभिन्न गतिविधीहरुको अवलोकन गर्न मकवानपुर जिल्लामा रहेका २ वटा सामुदायिक वन समूहहरुले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेका छन ।
हाडीखोलामा रहेको चेतना र सिटु मध्यवर्ती सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्ताहरुले रानी सामुदायिक वनको अवलोकन गरेका हुन । सहभागीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, कोषाध्यक्ष गोमा लामिछाने, सदस्य अनिता बुढाथोकी र कार्यालय सचिव भीमसेन पौडेलले वनको ऐतिहासिक पृष्ठभूमि, संस्थागत विकास, वन व्यवस्थापन, सालक संरक्षण, महिला सहभागिता, आयआर्जन, सामाजिक कार्यहरु, वनडढेलो नियन्त्रण, प्रचारप्रसार, कार्यालय ब्यवस्थापन, शैक्षिक क्रियाकलाप लगायतका विषयहरुमा जानकारी गराएका थिए ।
हिमालय नेचरका परियोजना अधिकृत प्रदिप सेढाईको नेतृत्वमा आएको भ्रमण टोलीमा ६५ जनाको सहभागिता रहेको थियो । भ्रमणको आयोजना हिमालय नेचरले गरेको हो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ५७ वटा टोलीले अवलोकन गरिसकेको समूहले जनाएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्