हेटौंडा । मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्ध समिति गठन भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो उद्देश्य र योजनाबारे जानकारी दिएको छ ।
समितिको संयोजकमा विनोद महत, सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी र सदस्यमा क्रमशः कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् ।
अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् । समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ ।
समितिका संरक्षक भीमसेन महतले नदीनाला, खोल्साखोल्सी लगायतका पानीका स्रोतहरु रहेको स्थानमा पुरानै अवस्थामा फकाई वातावरणीय सन्तुलन कायम गर्न, पानीको शुद्धिकरणमार्फत् मानवलाई स्वस्थ बनाउनको लागि जलचर प्राणीहरुको संरक्षण तथा संवद्र्धनको अभियान सुरु गरिएको जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्