हेटौंडा । मकवानपुरको हेटौंडामा जग्गा दृष्टिबन्धकीबाट पीडित एक सुनार परिवारले भोलि आइतबारबाट धर्ना दिने भएका छन् ।
हेटौंडाका जगतबहादुर सुनारको परिवारले हेटौंडाका व्यवसायी नियमराज शाक्यविरुद्ध उनको घरमा धर्ना दिए भएका हुन् ।
आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जगतले व्यवसायी शाक्यले तत्तकालिन समयमा दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफ्नो परिवार धर्नामा बस्न लागेको बताए ।
उनले भोलिबाट केहिदिन शाक्यको बुद्धचोक स्थित घरमै पुगेर बिहान ८ बजेबाट १० बजेसम्म धर्ना दिने र धर्ना दिँदा पनि शाक्यले जग्गा फिर्ता गराउन सहयोग नगरे आमरण अनशन बसेर न्याय माग्ने स्पष्ट पारे ।
जगतबहादुरले तत्कालिन समयमा आफ्नो व्यवसाय विस्तारको लागि बुवासँगै आफुले शाक्यसँग दृष्टिबन्धकी गरेर ५० हजार ऋण लिएको तर सो पत्र दृष्टिबन्धकी नभइ जग्गा राजिनामा पत्र रहेको केहि वर्षपछि मात्र थापा पाएको स्पष्ट पारे ।
उनले घटना १९ बैशाख २०५४ सालको भएको बताउँदै १० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएपछि ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहँदा सोहि समयबाट आफ्नो परिवारले तनाव झेलिरहेको बताए ।
उनले तत्तकालिन समयमा शाक्यको घरमै सुन व्यवसाय गर्दा उनलाई आफ्नो बाबुले नजिकबाट विश्वास गरेको तर शाक्यले आफ्नो परिवारलाई घात गरेर सडकमा पुर्याउने काम गरेकामा दुखेसो पोखे ।
उनले शाक्यले सोहि तत्कालिन समयमा जग्गा फिर्ता गर्ने आश्वासन दिँदै आएको तर हालसम्म पनि फिर्ता नगरेको बताए । उनले घटनाको विषयमा विभिन्न न्यायिक निकायहरुमा बहस चल्दा पनि शाक्यले जग्गा फिर्ता गर्न नचाँहदा अहिले अदालतमा सो मुद्दा चलिरहेको समेत बताउँदै जग्गा फिर्ता हुनेमा विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडाका सामाजिक अभियन्ता विशालराज मतहले शाक्यले सुनारलाई जालझेर गरेको भन्दै सुनारले न्याय पाउनुपर्ने बताए । उनले जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने समेत बताए ।
यसैगरी, पत्रकार सम्मेललमा बोल्दै लेखापढीको काम गर्दै आएका उदयराज ओलीले दृष्टिबन्धकीको नाममा शाक्यले जग्गा राजिनामा हस्ताक्षर गर्न लगाउनु गलत कार्य भएको भएको र पीडित सुनारले न्याय पाउनुपर्नेमा जोड दिए ।












प्रतिक्रिया दिनुहोस्