हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिकाबारे सम्पादकहरूसँग अन्तरक्रिया गरिएको छ । जिल्लामा रहेका अनलाइन, छापा तथा प्रशारण माध्यमका सम्पादकहरु संग आज छलफल गरिएको हो । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
सहभागी सम्पादकहरुले निर्वाचनमा स्वतन्त्र र निष्पक्ष बनाउन सबै सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने बताएका थिए । पार्टी आस्था जता भएपनि समाचार प्रकाशन प्रशारणमा निष्पक्ष भएर लाग्नुपर्ने जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकववानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्