हेटौंडा । ६१ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको खुल्ला रक्तदानमा २१ जनाले रक्तदान गरेका छन ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको नर्सिङ विभागको आयोजनामा हेटौंडा अस्पताल परिसरमा रक्तदान गरिएको थियो । रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोग तथा हेटौंडा अस्पतालको समन्वयमा रक्तदान कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षाध्यक्ष डा. सतीश देव, रजिष्ट्रार राजेश प्रसाईं, प्रमुख प्रशासकिय अधिकृत अमर सिंह अधिकारी लगायतकाको सहभागिता रहेको नर्सिङ विभागकी उप प्रध्यापक लक्ष्मी पौडेलले जानकारी दिइन् ।












प्रतिक्रिया दिनुहोस्