हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८, हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
बुधबार दिनको ४ बजेको समयमा हेटौंडा–१८, हर्नामाडीको रामधुनीमा जंगलछेउ घाँस काट्न गएकी ५५ वर्षीया मैती बयलकोटीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट बयलकोटीको गाला, ओँठ र ढाडमा चोट लागेको छ । घाइते बयलकोटीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ । केहीदिन देखि हर्नामाडी क्षेत्रमा बाघले स्थानीयको बाख्रा र बंगुर खाइदिएको थियो ।
प्रहरीले घटनाबारे वन कार्यालयलाई जानकारी गराइदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घाइतेको अवस्था बुझ्नका लागि वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ, वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सहितको टोली हेटौंडा अस्पताल पुगेको थियो ।












प्रतिक्रिया दिनुहोस्