हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्द ढकाल प्यानलै बनाएर मैदानमा होमिने भएका छन् ।

संघको शनिबार र आइतबार हेटौंडामा हुने अधिवशेनबाट नयाँ नेतृत्व चयन गरिँदैछ । शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले आफ्नो समूहको नामावली सार्वजनिक गरेका छन् ।

यस समूहबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष सागर ढकाल, द्वितीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईं, उपमहासचिव नीतिगत नवराज पाठक, उपमहासचिव आन्तरिक निर्मल देवकोटा, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामा ब्लोन रहेका छन् ।

यस समूहबाट सदस्यमा चेतबहादुर थापा, लक्ष्मण सापकोटा, सविन क्षेत्री, कुमार पोखरेल, भरत सापकोटा, सहदेव गौतम, नवीन जोशी तथा राजनप्रसाद बोलखे रहेका छन् । हेडम्बाबाट