हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७, गैरिगाँउ स्थित गोठमा आगलागी हुँदा पशु र अन्नपात जलेर नष्ट भएको छ ।
हेटौंडा–१७ का शम्शेर ढुुंगानाको घर नजिकै रहेको गोठमा अचानक आगलागी हुँदा एक वटा गाईको मृत्यु, ४ वटा गाई घाईते, पराल र गोठभित्र रहेको अन्नपात जलेर नष्ट हुँदा करिव एकलाख एकचालिस हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।












प्रतिक्रिया दिनुहोस्