हेटौंडा । स्थानीय तहले लिँदै आएको घरबाहल कर २ प्रतिशत कायम गर्न माग गरिएको छ । नेपाल घर बहाल उपभोक्ता संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै करको दर घटाउन आग्रह गरेको हो । हाल स्थानीय तहले घर भाडाको दश प्रतिशत कर संकलन गर्दै आइरहेको छ ।
‘विशेष गरी हेटौंडा बजार क्षेत्रमा घरभाडा र करको विषयमा विवाद रहेको छ । अहिले घर बहाल कर घरपेटीलेभन्दा पनि बहालमा बस्नेले तिरिरहेका छन् ।’, संघ मकवानपुर अध्यक्ष समिरलाल डंगोलले यस करबाट व्यवसायी पीडित भएको बताउँदै यसलाई सुधार गर्न जरुरी रहेको औंल्याए ।
अहिले आर्थिक मन्दी रहेको अवस्थामा समेत घरधनीले हेटौंडा बजारमा व्यवसायीक कवलको भाडा वृद्धि गरिरहेकोभन्दै तत्काल रोक्न उनले माग गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्