हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ पाँचपाण्डपमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन ।

धरान–चतरा सडक खण्डमा हेटौंडाबाट बागमतीको लम्कना जादै गरेको प्र.०२–०३–००१ प ४०५५ न.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे भुम्लु गाउँपालिका वडा न.७ काभ्रेप्लानचोक बस्ने २५ बर्षिय रबिन गौतम र पछाडी बस्ने बागमती गाउँपालिका वडा नं. ४ लम्कनाका ३० बर्षिय सुमन मगर घाइते भएका छन ।

गौतमको दुबै हात र ओठमा चोट लागेको छ भने मगरको टाउको र निधारमा गहिरो चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइतेको झुरझुरे स्थित लामा हेल्थकिल्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।