हेटौंडा । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाको आगामी दुई बर्षे कार्यकालको लागि निर्वाचन तालिका सार्वजनिक भएको छ ।
मिति २०८० साल बैशाख १८ गते सोमबार बिकास घर शिखरकोटमा हुने निर्वाचनको लागि निर्वाचन तालिका सहित मतदाता नामावली समेत प्रकाशन गरिएको दामन उपशाखा सभापति तथा जिल्ला सदस्य राज कुमार केसीले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार १८ गते बिहान ११ बजेदेखि १२ बजे सम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने र दिउँसो २ः१५ देखि ४ः१५ बजेसम्म निर्वाचन हुनेछ ।
उपशाखामा सभापति १ जना, उपसभापति (महिला) १ जना, सचिब १ जना, कोषाध्यक्ष १ जना, उपसचिब १ जना, उपकोषाध्यक्ष १ जना, १ जना महिला सहित ५ जना सदस्य समेत ११ जना निर्वाचित हुने ब्यवस्था रहेको छ ।
उपशाखा कार्यसमितिका लागि १७९ जना आजीवन सदस्यहरु मध्येबाट उम्मेद्वारी दर्ता संगै मतदान हुनेछ ।
सामाजिक सेवामा सक्रिय नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको आगामी कार्यसमिति सहमतिमा सर्वसम्मत चयन गर्न उपशाखा सभापति तथा जिल्ला सदस्य केसीले सम्पूर्ण आजीवन सदस्यहरुलाई अनुरोध गरे ।












प्रतिक्रिया दिनुहोस्