हेटौंडा । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको प्रगति समिक्षा तथा आगामी आर्थिक बर्षको योजना तर्जुमा गोष्ठी भएको छ । आर्थिक बर्ष २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार दोश्रो चौमासिक प्रगति समिक्षा तथा आगामी आर्थिक बर्ष २०८०/८१ को लागि योजना तर्जुमा गोष्ठी भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव डाक्टर शरण कुमार पाण्डेको प्रमुख आतिथ्यता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डाक्टर बज्र किशोर ठाकुरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड उपाध्यक्ष टिका बल्लभ सापकोटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख झलकनाथ कंडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी महाशाखाका निशान्त शर्मा गेलाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका रामहरी शर्माले स्वागत गरेको कार्यक्रम प्रेयंका यादवले संचालन गरेकी थिइन ।
कार्यक्रममा कार्यक्रम तथा कार्यविधिमा परेका समस्या, चुनौतिहरु र समाधानका उपायहरु, सुधार गर्नुपर्ने कुराहरु र नयाँ कार्यक्रमका बिषयमा छलफल भएको थियो । सहभागिहरुले परेका समस्याका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए भने उनीहरुले जिज्ञासाको समाधान गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्