हेटौंडा । मकवानपुरको हेटौंडा–४ हुप्राचौर नजिक एक पुरुषको शव फेला परेको छ ।

वडा नम्बर ४ को कार्यालय नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । शुक्रवार साँझ घोप्टो परेको अवस्थामा शव फेला परेको र शव स्थानीयले देखेपछी प्रहरी खबर गरेका थिए ।

शव अन्दाजी ३५÷४० बर्षीय पुरुषको रहेको र ती पुरुष हेटौंडा बजार क्षेत्रमा कवाडी मालसामान टिपेर हिड्ने गरेको खुल्न आएको मकवानपुर प्रहरीले जनाएको छ । शवको शनाखत नभएको जनाइएको छ ।