हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिकोत्सब बुधवार भएको छ । संस्थाको आफ्नै भवनमा वार्षिकोत्सब कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सुनगाभा शिक्षा निकेतनका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको शैक्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको अवसरमा ६५ वर्ष भन्दा माथिका ६ जना शेयर सदस्यहरलाई सम्मान गरिएको थियो ।

संस्थाले ज्येष्ठ सदस्य साधुराम चौलागाई, चन्द्र बहादुर मानन्धर , रामबाबु चौलागाई, अक्कल बहादुर सिह भ्लोन र रामहरि आचार्यलाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी , उपाध्यक्ष साधुराम चौलागाई,सचिव नारायण प्रसाद अधिकारी , प्रवन्ध सञ्चालक रामहरि चौलागाई,,विधालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हिमाल पौडेल, शिक्षाविद रमेश प्रसाद लामिछाने , सञ्चालक समिति,लेखा समिति , शेयर सदस्य, शिक्षक, कर्मचारी लगायतको सहभागीता थियो ।

सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा करिव ६ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।