हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं.४ कर्रामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार शनिबार एक्कासी सास फेर्न गाह्रो भएका सप्तरी तिलाक्षी गाउँपालिका–५ तोप्पा बस्ने ४८ बर्षीय रामविर रामको मृत्यु भएको हो ।

गुणनिधी दाहालको घरमा डेरा गरी बस्ने रामलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।