हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मङ्गलवारसम्म २० लाख बढी रकम सङ्कलन भएको छ ।
सप्ताहमा हेटौँडा–६ शान्तिटोल निवासी टंक प्रसाद सापकोटा तथा सापकोटा परिवारबाट एकलाख ११ हजार १११, हेटौँडा–६ मा रहेको सुनगाभा शिक्षा निकतनबाट २६ हजार ५, हेटौँडा –६ मा रहेको दिब्यज्योति टोल विकास संस्थाबाट १९ हजार ६५५ , हेटौँडा– ६ मा रहेको प्रभातकालिन टोल विकास संस्थाबाट १९ हजार ८०५, हेटौँडा–६ मा रहेको हातीलेट टोल विकास संस्थाबाट १७ हजार ८३५, हेटौँडा–६ चौघडा निवासी निला ढुङानाबाट ११ हजार ५५५, हेटौँडा–६ शान्तिटोल निवासी अच्युत प्रसाद ढुङ्गानाबाट ११ हजार ११५, कृष्णकुमारी श्रेष्ठबाट ११ हजार १११, हेटौँडा–१७ चुच्चेखोला निवासी उतम कुमार श्रेष्ठबाट ११ हजार १११,, हेटाँैडा–६ मा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलबाट ११ हजार १०५, उद्वव दाहालबाट १० हजार २००, मकवानपुरगढी–२ नम्बर वडा कार्यालयबाट ९ हजार ५ रुपैयाँ रकम सङ्कलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक उद्वव प्रसाद गौतमले बताए ।
हेटौँडा–६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने र सोहि दिन सामुहिक ब्रतबन्ध समेत गरिने कार्यक्रम रहेको छ ।
युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको हुँदा समस्त धर्मप्रेमी महानुभाहरुलाई प्रवचन श्रवणको लागि उपस्थित भई दिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्