हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. २ फाटबजारमा ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएकी छिन् । आइतबार साँझ ट्रकले ठक्कर दिँदा थाहा नगरपालिका फाटबजार बस्ने ८० वर्षीय पद्ममा कुमारी बस्नेत घाइते भएकी हुन् ।
भित्री सडक खण्डमा फाटबजारबाट पालुङ तर्फ तरकारी लोड गरी आएको बा.प्र.०१–००४ क ४१३६ नं.को ट्रकले सडक छेउमा हिँडिरहेकी बस्नेतलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । ट्रकले ठक्कर दिँदा बस्नेतको दाहिने पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि ल्याएकोमा थप उपचारको लागी काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस्